मलद्वारमा अड्किएको बोतल एक महिनापछि निकालियो, यस्तो छ कहानी

काठमाण्डौं– मलद्वारमा ५७ सेन्टिमिटरको बोतल अड्किएर ‘मर्नु न बाँच्नु’ भएका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ।

गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार उक्त आइतबार बिहान शल्यक्रिया गरेर निकालिएको छ।

बोतल अड्किएर ठुलो आन्द्रा अवरुद्ध भएको र त्यसको सङ्क्रमण शरीरमा फैलिँदै गएको अवस्थामा ती पुरुष अस्पताल पुगेका थिए। गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगेका ती व्यक्तिको एक्स–रे गर्दा मलद्वारमा बोतल देखिएको थियो।

दूरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण फैलिएको नदेखिएपछि करिब ३ घण्टा लगाएर शल्यक्रिया मार्फत चिकित्सकले बोतल निकालेको जनाईएको छ। डा. जितेन्द्र कुमार सिंह र डा. विश्वराज खड्का सहितको समूहले उनको शल्यक्रिया गरेका थिए। शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट ७५ सेन्टिमिटरको डब्बा निकालिएको थियो।

अस्पताल आउने बेलामा बिरामीको अवस्था जटिल भएको भए पनि शल्यक्रिया पश्चात् बिरामीको होस आएको थियो। ती पुरुषलाई अहिले पनि सघन उपचार कक्षमा नै राखेर उपचार चलिरहेको छ। उनको पेट (मलद्वार) मा कसरी बोतल अड्कीयो भन्ने खुलेको छैन। तर, उनी एक महिनादेखि बोतल बोकेर हिडिरहेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *