मारुती भ्यान भीरबाट खस्यो, चालकको घट्नास्थलमै मृत्यु

विराटनगर— मेची राजमार्गको चारआली–इलाम सडक खण्ड अन्तर्गत रोङ गाउँपालिका–४ बाघखोरमा बुधबार विहान मारुती भ्यान भीरबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मे १ ज ३२३६ नम्बरको भ्यान भीरबाट ५ सय मिटर तल खस्दा भ्यान चालक इलामको देउमाइ नगरपालिका–६ निवासी २५ वर्षीय दिपेश राईको घटनास्थलमै निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार भ्यानमा सवार इलाम नगरपालिका–५ का २६ वर्षीय विश्वास राई घाइते भएका छन्। उनलाई उपचारार्थ झापा स्थित बीएण्डसी अस्पताल पठाइएको छ।
फाईल फोटो।
प्रतिक्रिया