भारतमा अनौठो विवाहः वेहुली १–वेहुला १०, सुहागरातमा लफडा परेपछि वेहुलीसहित ७ जना पक्राउ

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरको तितावी प्रहारी कार्यालयले एक नवविवाहित वेहुलीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने वेहुली उत्तराखण्डको ऊधमसिंह नगर निवासी निक्की हुन।

निक्की विरुद्ध मुजफ्फरनगरको खेड़ी दूदाधारी गाउँका बादलले प्रहरीमा उजुरी दिएका थिए। उजुरीमा उल्लेख भए अनुसार बादलको उत्तराखण्डको ऊधमसिंह नगर निवासी निक्कीसँग विवाह भएको थियो। दुई मार्चमा उनीहरुको सुहागरात थियो।

सोही दिन निक्की गरगहना, रुपैयाँ पैसा र घरका अन्य सामान लिएर फरार भईन। यो उजुरी तितावी थानाले दर्ता गर्यो र निक्किसहित ७ जनालाई पक्राउ गर्यो। जसमा आशा, ओमवती, कृष्णा, नन्हे, इरशाद र कविता पनि छन्।

पुलिसले सोधपुछ गर्ने क्रममा आरोपीहरुले उत्तर प्रदेश र उत्तराखण्डमा बादल जस्ता १० जनासँग विवाहको नाटक गरेर लुटेको खुलासा गरेका छन्। यति ठुलो काण्ड हुँदा पनि प्रहरी भने यो विषयमा अनभिज्ञ थियो। तर, बादलले निक्किका विरुद्ध उजुरी दिएपछि भने उनीहरुको कर्तुत पर्दाफास भयो।

तितावी थानाका प्रभारी गजेन्द्र सिंहका अनुसार वेहुली निक्कीको समुहले मानिसको आवश्यक्ता, उसको स्वभाव र आर्थिक अवस्था हेरेर मानिसलाई फसाउने गरेका थिए। पक्राउ परेका ७ जना मध्ये कोही निक्कीका आमाबुबा, कोही दाजुभाई, कोही दिदीवहिनी र आफन्त वनेर प्रश्तुत हुने गरेका थिए।

सवैकुरा मिलिसकेपछि उनीहरुले औपचारिक रुपमा रीति–रिवाज अनुसार नै विवाह गर्ने गरेका थिए। सुहाग रातको दिन जव घरका अन्य सदस्य सुत्छन्, त्यसपछि निक्की घरका सारा सामान समेटेर भाग्ने गरेकी थिईन।

मुजफ्फरनगरका एसपी देहात आदित्य बंसलका अनुसार तितावी पुलिस थानाले ‘वेहुलीको लुटेरा ग्याङ’ को भण्डाफोर गरेको छ। एसपी देहात आदित्य बंसलका अनुसार बाईक चोरीमा पनि संलग्न भएको पाईएको छ। प्रहरीले अहिले उनीहरुले १० जनासँग विवाह गरेर लुटपाट गरेको विषयमा अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट