यसरी असफल भयो सन्दीपलाई बाजागाजासहित घुमाउने योजना, पञ्चेबाजा लिएर बसेका समर्थक निरास

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाउने आशामा पञ्चेबाजासहित उच्च अदालत पाटनमा भेला भएका उनका समर्थकहरु निराश भएका छन्। आजै मुद्दाको छिनोफानो गर्ने तयारी भए पनि अन्तिम समयमा हेर्दाहेर्दैमा राखिदिएपछि उनीहरु निरास भएर फर्किएका हुन।

साँझ ७ बजेसम्म बहस सक्ने र ८ देखि साढे ८ सम्म फैसला गर्ने गरी अदालतले योजना बनाएका अदालत बाहिर निकै भिडभाड थियो। खास गरी सन्दीपका समर्थकहरु ठूलै संख्यामा जम्मा भएका थिए। उनले सफाइ पाउने आशासहित उनीहरु पञ्चेबाजासमेत लिएर आएका थिए।

तर, अन्तिम समयमा न्यायाधीशहरुले फैसला नदिएर हेर्दाहेर्दैमा राखिदिएका छन्। मध्यरातमा फैसला गर्दा गलत सन्देश जाने र जे फैसला आए पनि अवाञ्छित प्रतिक्रिया उत्पन्न हुन सक्ने भन्दै न्यायाधीशद्वयले मनस्थिति बदलेको अदालत जनाईएको छ।

स्रोतका अनुसार आज हेर्दाहेर्दैमा राखिएपछि मुद्दाको फैसला भोलि आउने लगभग पक्का छ। न्यायाधीशद्वय भट्ट र उप्रेतीले नै फैसला सुनाउनेछन्। भोलि दिउँसोसम्ममा फैसला आउने अपेक्षा गरिएको छ।

यो फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी–२० विश्वकप खेल्न जानेछन्। जिल्ला अदालतको फैसला कायम रहे सन्दीपको निलम्बन जारी रहनेछ र उनी क्रिकेटमा फर्किने सम्भावना पनि सकिनेछ। सन्दीपले अन्तिम विकल्पका रुपमा सर्वोच्च गुहार्न सक्छन्। फैसला नआउञ्जेल पक्राउ नपरेपनि क्रिकेटमा फर्किने अवस्था भने रहने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट