पाँच दिनदेखि मृतस्थलीमा अनसनरत डा. गोविन्द केसी बोल्न छोडे, छैन समर्थकको भिडभाड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा माग गर्दै पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था विग्रिएको छ। २२औँ पटक अनसनमा बसिरहेका उनले कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन्।

यसपटकको अनसनमा मुलतः सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग गरेका केसीले यसवाहेक विगतमा जस्तै स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेका छन्।

आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले यो अनसन सुरू गरेको उनले बताएका छन्। सबै नेपालीलाई निःशुल्क औषधी–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेका छन्।

बुधबार उनी अनसन वसेको पाँचौं दिन हो। यसअघिका उनका अनसनमा ब्यापाक जनसमर्थन हुने गरेको थियो। तर, यसपटक भने अनसन स्थल सुनसान छ। बुधबार बिहानसम्म उनलाई ९० जनाले भेट गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट