कोठा भाडा तिर्ने पैसा नहुँदा ३ महिनादेखि ट्याक्सीको बास, मानसिक समस्याले ग्रस्त भएपछि आफैं बने लाश

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको परिवार आर्थिक रुपमा कंगाल भएपछि भाडा तिर्ने पैसा समेत नहुँदा तीन महिनादेखि ट्याक्सीमै जिवन काट्दै आएको खुलेको छ।

ट्याक्सी चलाउने भक्तपुर नगरपालिका–७, छालिङका नगरकोटी मंगलबार बिहान मृत भेटिएका थिए। प्रारम्भिक रुपमा उनको हत्या भएको आशंका गरिएको थियो। नगरकोटीको शव कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेको थियो। उनको शव भेटिएपछि अनुसन्धान थालेको प्रहरीले उनका छोरा २१ वर्षीय रिचेनलाई पनि फर्पिङमा घाइते अवस्थामा फेला पारेको थियो।

घाइते अवस्थामा फेला परेका छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ। यस्तै उनकी छोरी २८ वर्षीया रश्मिलाई पनि बबरमहलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनी बा १ ज ९६५ नं. को ट्याक्सीमा बसिरहेको अवस्थामा फेला परेकी थिईन। कृष्ण र दुवै छोराछोरीको मानसिक अवस्था ठीक नभएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कृष्ण १५ वर्ष अघिदेखि ट्याक्सी चलाउँदै आएका थिए। ८ वर्षअघि नै कृष्णकी श्रीमतीले दोस्रो बिवाह गरेको पाइएको छ। उनको श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रबि भवनमा कोठा भाडामा लिई बस्दै आएका थिए।

कोठाको भाडा तिर्न नसकेपछि बिगत ३ महिनादेखि कृष्ण छोरा छोरी समेत ट्याक्सीमै बस्दै आएका थिए। उनीहरुको खाने वस्ने सवै ट्याक्सीमै हुन्थ्यो। प्रहरीका अनुसार सोमवार बिहान १० बजे सेतो पुल नजिक ट्याक्सी बिग्रिएकोले ‘मिस्त्री बोलाई ल्याउँछु’ भनेर छोरीलाई त्यही छाडेर कृष्ण छोरालाई साथमा लिई हिडेका थिए।

छोरा रिचेनको बयान अनुसार पारिवारीक अवस्था, गरिबी लगायतले जिन्दगीवाट दिक्क लागेर कृष्णले छोरा समेतलाई आत्महत्याको लागि प्रोत्साहित गरेको पाईएको छ। मुखमा कपडा राखी ब्लेडले घाटी काटने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर उनैले रिचेनलाई दक्षिणकाली नगरपालिकाको जंगलमा पठाएका रहेछन्। ‘त्यहाँ गएर आत्महत्या गर्नु म पनि कुनै स्थानमा गै आत्महत्या गर्छु’ भनेपछि आफु जंगल गएको रिचेनले खुलाएका छन्।

छोरा रिचेनको घाटी बाँया पट्टीवाट झण्डै ७/८ सेमी काटिएको छ। कृष्णको दाहिने हातको बुढीऔला र चोर औलामा ब्लेडले काटेको छ। घटना स्थलमा कृष्णको शव नजिक ४ र घाइते रिचेनको साथवाट २ वटा ब्लेड फेला परेको छ। कृष्णको मुखमा कपडा रहेको अवस्थामा फेला परेको र रिचेनले पनि कृष्णकै तरिका अपनाएको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट