महाविर पुनका विषयमा किन वहस छेडियो ? ग्यारेज, फर्निचर कम्पनी हो की आविश्कार केन्द्र ?

काठमाण्डौं– महाविर पुनको ‘राष्ट्रिय आविष्कार केन्द्र’ को नाम र उनी वैज्ञानिक हुन वा होईनन् भन्ने विषयमा वहस सुरु गएको छ। नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसबुक मार्फत यो विषयलाई वहसमा ल्याएका हुन।

उनले अबुझ र उपबुज्रुकहरुलाई लक्षित गरेर पुन र उनको आविश्कार केन्द्रको विषय चर्चामा ल्याएका हुन। यो कुरा उनले लेखेका छन्। उपाध्यायले लेखेका छन्– ‘ नेपालका उपबुज्रुकहरूले पनि बुझून–महाविर पुन बैज्ञानिक हैनन्, उनी प्राविधिक समन्वयकर्ता एवं आईडिया ईन्कुबेसनका अभियन्ता हुन्। उनले नेतृत्व गरेको संस्थाको नाममा ‘आविष्कार (नेशनल इन्नोभेन्सन सेन्टर) शब्द रहेता पनि त्यहाँ आविष्कार (इन्भेन्सन) गरिदैन, अभिनव अर्थात (इन्नोभेन्सन) गरिन्छ।’

संस्थाको नाम के राख्ने ? भनेर सुरूमा छलफल हुदा अभिनव वा नवप्रवर्तन राख्ने सोच आएपनि यी नाम नेपालीहरुको जनजिव्रोमा चलनमा नभएका कारण आविष्कार नै राख्ने भनेर राखिएको आफनो जानकारीमा रहेको उनले उल्लेख गरेका छन्। ‘अभिनव वा नवप्रवर्तन ब्यावहारिक विषय हो, इन्भेन्सन केही एकेडेमिक र ब्यवहारिक विषय हो। राष्ट्रिय आविश्कार केन्द्रले एकेडेमिक काम गर्दैन। यहाँ अभिनव गर्न कसैको कुनै एकेडेमिक योग्यता चाहिदैन। आईडिया, मेहनत र लगन भए पढेका नपढेका जो कोही पनि त्यहाँ गएर आवासीय ईनोभेसनमा काम गर्न सक्छ। बस्ने, खाने र कच्चा सामान वा बनाउन लाग्ने सबै खर्च आविष्कार केन्द्रले नै बेहोर्छ, जति लागे पनि।’ उनले लेखेका छन्।

‘त्यसैलै अबुझहरूले बुझून् भनेर यो पोष्ट लेखिदिएको हो। जोड दिएर भन्छु, त्यहाँ इन्भेन्सन गरिँदैन, इन्नोभेसन (अभिनव) गरिन्छ’ उपाध्यायले लेखेका छन्–‘अभिनव भनेको उत्पादनमा वा अन्य कुनै समस्या समाधानमा गरिने थप प्राविधिक योगदान हो। यो योगदान उपकरणमा, औजारमा वा प्रणालीमा गर्न सकिन्छ। इन्नोभेसन र इन्भेन्सनको फरक यही हो।

उनले कसैले पनि केन्द्रमा पुगेर त्यसको अवलोकन नगरी आविश्कार केन्द्रका विषयमा धारण बनाउन नहुने सुझाव दिएका छन्। ‘कसैले पनि इन्नोभेन्सन केन्द्र गई हेरेर मात्र केन्द्रप्रति विचार बनाउन्। के गर्यो वा के गरेन भनेर नबुझी नबोलौं। पहिला संस्थाको उद्देश्य बुझौं। उद्देश्य विपरितको अपेक्षा गरेर आलोचना गर्नु अबुझपन हो।’

पुनका विषयमा कतिपयले भने उनी वैज्ञानिक नभएर मिस्त्री भएको टिप्पणी गर्ने गरेका छन् भने उनको आविश्कार केन्द्रलाई ग्यारेज र फर्निचर कम्पनी आलोचना गर्ने गरेका छन्। उपाध्यायको फेसवुक स्ट्याटसमा भने अधिकांशले पुनप्रति श्रद्धा भाव ब्यक्त गरेका छन्। प्रमानन्द सापकोटा लेख्छन्–‘जे भए पनि महाविर महान ब्याक्तित्व हुन । देशको लागि यति गर्ने समाजसेवा, जनता सेवा गर्छु भनेर लागेका कुनै राजनीतिक ब्यक्ति छ? स्यालूट छ उनलाई।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट