सडकबाट खसेर उत्तानो पर्यो जिप, चालकको मृत्यु

विराटनगर– पाँचथरमा सडकमा गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट २५ मिटर तल खसेर उत्तानो पर्दा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाउँपालिका–७ स्थित हेवाखोलामा जिप दुर्घटना भएको हो।

शुक्रबार साँझ त्रिशक्ति कन्ट्रक्सनका कर्मचारी बोकेर ताप्लेजुङबाट झापा आउँदै गरेको बा. १७ च. ७९९९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रीत भएर सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको प्रहरीको भनाई छ।

दुर्घटनामा चाक नेपालगञ्ज निबासी ३५ बर्षिय श्याम बिकको मृत्यु भएको छ। जिपमा सवार घाईतेहरुको उद्दार गरी जिल्ला अस्पताल पाँचथर पठाईएको थियो। सोही क्रममा चालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

उक्त गाडीमा सवार रहेका ईलाम जिल्ला निवासी ३१ बर्षिय लक्ष्मण मुखियाको शरीरका बिभिन्न भागमा गंम्भिर चोट लागेको छ। उनलाई थप उपचारका लागि झापा रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट