जग्गाको लोभमा खुकुरीले हानेर दाजुको हत्या, वुढेसकालमा पक्राउ परे सिंहबहादुर

काठमाडौं– नुवाकोटमा जग्गाका लागि एक ब्यक्तिले आफनै दाजुको हत्या गरेका छन्। दाजुको हत्या गर्ने भाई पक्राउ परेका छन्।
मंगलबार राति पौने ८ बजे किस्पाङ गाउँपालिका– ५ मानेगाउँका ७२ वर्षीय खमसिङ तामाङ मृत फेला परेका थिए। आफ्नै घर नजिक बारीमा रगताम्य अवस्थामा उनको शव भेटिएको थियो।
उनको हत्या भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा दाजु भाइबीच जग्गा विवाद रहेको पत्ता लगाएको थियो। त्यसपछि अनुशन्धानका क्रममा मृतकका भाई ६७ वर्षीय सिंहबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले बताए।
सिंहबहादुरले दाजुलाई खुकुरीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। उन घरबाटै पक्राउ परेका हुन।
प्रतिक्रिया