केलियन एमबाप्पे बने वर्षको उत्कृष्ट खेलाडी, गएराती थापे अवार्ड

काठमाडौं– पेरिस सेन्ट जर्मेन क्लब (पीएसजी) बाट यो सिजनको फ्रेन्च लिग वान खेलेका केलियन एमबाप्पे वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
रियल म्याड्रिडका खेलाडी भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई पछि पारेका फरवार्ड एमबाप्पेलाई गएराति इटालीको सार्डिनियामा भएको ग्लोब सकर अवार्ड युरोप समारोहमा अवार्ड हस्तान्तरण गरिएको थियो।
उनले पछि पारेका दुई खेलाडीहरू उनीसँग अर्को सिजन रियल मड्रिडमा सँगै खेल्ने अपेक्षा छ। पीएसजीमा एमबाप्पेको सम्झौता समाप्त भइसकेका कारण उनी स्पेनिस क्लब रियल मड्रिज जाने हल्ला चर्चा छ।
अवार्ड समारोहका अन्य पुरस्कार विजेताहरूमा मिकेल अर्टेटाले प्रिमियर लिग कोच अफ द सिजन जितेका छन्। त्यसैगरी, जिरोनाका मिशेलले ला लिगा कोचिङ पुरस्कार प्राप्त गरे भने बार्सिलोना र म्यानचेस्टर सिटीले क्रमशः महिला र पुरुष टिम अफ द इयर अवार्ड जितेका थिए।