फत्तेपुरमा सहकारीको आयोजनामा निशुल्क आँखा शिविर (फोटो फिचर)
फत्तेपुर– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित फत्तेपुर वहुउदेश्यीय सहकारी संस्थाले १७औं गणतन्त्र दिवसको अवसर पारी बुधबार एक दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको छ।
सुनरीको इटहरी स्थित नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविरको आयाोजना गरिएको हो।
शिविरमा आँखा जचाउँन आउनेहरुको निशुल्क चेकजाँच, उपचारका साथै आधारभुत औषधी समेत निशुल्क उपलब्ध गराईने सहकारी संस्थाका अध्यक्ष पारस दाहालले बताए।
शिविरमा मोतिया विन्दुको पहिचान भएका विरामीको शल्यक्रिया पनि निशुल्क गरिने र लाग्ने अन्य खर्च पनि विरामीले ब्यहोर्नु नपर्ने दााहालले जानकारी दिए। आँँखा चेकजाँचका लागि २ सय जनाले अग्रिम रुपमा नाम दर्ता गरेका छन्।

प्रतिक्रिया
लोकप्रिय
झापामा सस्तो सुनको लोभ देखाएर सरोज शर्माको निर्मम हत्याः शव विरिङ खोलामा गाडेर कार जलाइयो, २ जना पक्राउ
पत्रकार मञ्जु कार्कीको खुलासाः कूटनीति बिर्सिएर छिमेकी मुलुकलाई अश्लील गाली गर्नुअघि बालेन्द्रको ‘मदिरा पार्टी’
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

