हावाहुरीले घर भत्काउँदा भाग्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

काठमाण्डौं– शनिबार बेलुकाको हावाहुरीसहितको वर्षाका कारण घर भत्किँदा दाङमा एक जनाको च्यापिएर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१२, रजेना का ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खत्रीको परिवारमा तीनजना थिए। तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र रहेको खुलेको छ। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनकी श्रीमती भने सकुशल छिन्।
प्रतिक्रिया