ककपिटमा फोटो खिचेपछि कारवाहीमा परे पाईलट विजय लामा, भावना पनि ग्राउण्डेड

काठमाण्डौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ग्राउण्डेड गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै उनीहरूलाई ग्राउन्डेड गरिएको हो।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट आएको बताए। प्राधिकरणले अनुसन्धान अवधिभरिका लागि उनीहरुलाई ग्राउण्डेड गरिएको जनाईएको छ।

लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज र पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन्। लामा वाइडबडीको प्रशिक्षक पाइलटसमेत हुन्। लामा विरुद्ध निषेधित क्षेत्रमा फोटो/भिडियो खिचेको तथा पन्तलाई जहाजको छेउमा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिएको आरोप छ।

लामाले केही दिनअघि जहाजको ककपिट नजिकै फोटो खिचेर फेसबुकमा पोस्ट गरेका थिए भने पन्तले जहाजको छेवैमा टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिएकी थिइन्। दुवै पाइलटलाई सक्रिय ड्युटीबाट हटाएर थप अनुसन्धानका लागि आन्तरिक समिति गठन गरेको क्यानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट