श्री एअरलाइन्सको फ्लाइट २२२ हाइड्रोलिक फेल भएपछि भैरहवामा आकस्मिक अवतरण

काठमाडौँ— धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको फ्लाइट नम्बर २२२ लाई हाइड्रोलिक फेलियरको कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।

विमान बिहान १० बजे धनगढीबाट उडेको थियो, तर काठमाडौं विमानस्थलमा अवतरण गर्नु अघि नै हाइड्रोलिक प्रणालीमा समस्या देखिएको थियो। विमानमा ८२ जना यात्रु र चालक दलका सदस्य थिए। प्रारम्भिक प्रयासअनुसार काठमाडौंमा अवतरण गर्नुपर्ने विमानलाई सिमरामाथिको आकाशमा केहीबेर होल्ड गरी ल्याण्डिङ्ग गियर खोल्ने र हाइड्रोलिक समस्या समाधान गर्ने प्रयास गरिएको थियो।

तर, विमानको ल्याण्डिङ्ग गियर खुलाउन सफल नभएपछि सुरक्षा कारणले विमानलाई भैरहवामा आकस्मिक अवतरण गराइएको थियो। हाइड्रोलिक फेलका कारण विमान रनवेमा अडिएको थियो। विमानलाई झण्डै एक घण्टाको प्रयासपछि सुरक्षित तरिकाले तानेर रनवेबाट हटाइएको थियो।

यात्रु र चालक दल सुरक्षित रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट