मुख्यमन्त्री पुत्रलाई पछार्दै बलिउडकी चर्चित अभिनेत्री कंगना रनौटको लोकसभामा इन्ट्री

काठमाण्डौं– बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनावमा शानदार जित हाँसिल गरेकी छिन्। हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीकातर्फबाट उनी विजयी भएकी हुन।

उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन्। कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए। विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्।

कंगना रनौतले ५ लाख २७ हजार ४६३ मत ल्याइन् भने विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याए। ४३ सय २० मतसहित बहुजन समाज पार्टीका डाक्टर प्रकाश चन्द्र भारद्वाज तेस्रो नम्बरमा रहे। मन्डी सिटमा जम्मा १० प्रत्यासी थिए।

लोकसभा चुनावको मतगणना जारी छ। लोकसभाका ५४३ सिटमध्ये अहिलेसम्म तीन सिटको मतगणना सम्पन्न भएको छ। जसमा २ सिटमा बिजेपी र एकमा भारतीय राष्ट्रिय कंग्रेसका एक उम्मेदवार विजयी भएका छन्।

विभिन्न समयमा गरी सात चरणमा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीको नेतृत्वमा एनडिए तथा कंग्रेस नेतृत्वमा इन्डिया गठबन्धनले तालमेल गरेर सहभागिता जनाएका छन्। पछिल्लो परिणामअनुसार एनडिएले बहुमत ल्याउने सम्भावना देखिएको छ।

एनडिएसले २९३ स्थानमा अग्रता कायम राख्दा इन्डियाले २३३ स्थानमा अग्रता बनाएको छ। दलगत रूपमा हेर्दा भने २३८ स्थानमा बिजेपीको अग्रता छ भने ९७ स्थानमा कंग्रेसको अग्रता छ। यस्तै, समाजवादी पार्टीले ३७ स्थानमा अग्रता लिएको छ।

अलइन्डिया त्रिणमूल कंग्रेस ३१, डिएमके २१, तेलगे देशम १६ र जनता दलले १४ स्थानमा अग्रता बनाइरहेका छन्। यसैगरी, उद्धव बालासाहेव ठाक्रे नेतृत्वको शिव सेना ११, राष्ट्रिय कांग्रेस पार्टी ६, लोक जनशक्ति पार्टी पाँच तथा शिवसेनाको पाँच स्थानमा अग्रता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट