दक्षिणकालीको केराबारी खोंचमा १ महिलासहित २ जनाको शव भेटियो, अनुशन्धान गर्दै प्रहरी

काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा एक महिला र एक पुरुषको शव फेला परेको छ।
उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। ‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्छ’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले भने–‘एक महिला र एक पुरुषको शव फेला परेको हो। केही दिनअघि नै उनीहरु दुर्घटनामा परेको अनुमान छ।’
शवको सनाखतको प्रयास भइरहेको उनले बताए। घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरीले जनाएको छ। सडकबाट तल अप्ठ्यारो खोँचमा मोटरसाइकल खसेको कारण समयमै दुर्घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए।
बुधबार साँझ शव फेला परेको हो। करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको छ । बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ।