हत्या, लुटपाट र डकैतीका १६ वटा मुद्दाका मस्टवाण्टेड अपराधी इन्काउण्टरमा मारिए

काठमाण्डौं– भारतको विहार स्थित मुजफ्फरनगरमा एक जना कुख्यात अपराधी निलेश राय प्रहरीको इन्काउण्टरमा मारिएका छन्। उनी बेगूसरायका वासिन्दा हुन।

मोटरसाईकलमा रहेका निलेशले प्रहरीमाथि गोली प्रहार गरेपछि मुडभेडमा गोली लागेर उनको मृत्यु भएको हो। प्रहरीको गोली छातिमा लागेर ढलेका उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

निलेश विहार प्रहरीको मस्ट वाण्टेड सुचिमा थिए। विहार सरकारले उनको बारेमा सूचनना दिनेलाई २ लाखको पुरस्कार घोषणा गरेको थियो। प्रहरीका अनुसार उनीविरुद्ध फुलवाडिया, बरौनी र नगर थानामा लूटपाट, हत्या र डकैतीलगायत १६ वटा मुद्दा दर्ता छन्। ति मध्ये १२ वटा मुद्दा प्रहरीले अदालतमा दायर गरेको छ।

प्रहरीका अनुसार बुधवार रात करीब ११ बजे कल्याणपुर पुलिस चौकीमा यूपी एसटिएफ र विहार एसटिएफको प्रहरी टोलीले अपराधीको निगरानी गरिरहेको थियो। त्यसैक्रममा बुढ़ानातर्फबाट एउटा वाईकमा तीन जना युवक आउँदै गरेको प्रहरीले देख्यो।

प्रहरीले उनीहरुलाई रोक्न खोज्दा प्रहरीलाई लक्षित गरी फायरिङ गर्दै उनीहरु खतौली–बुढ़ाना मार्गतिर भागे। प्रहरीले उनीहरुलाई पिछा गर्यो। त्यसै क्रममा उनीहरु सवार मोटरसाईकल इन्चौड़ाको जंगलमा लड्यो। त्यसपछि उनीहरु मध्ये २ जना फायरिङ गर्दै भागे भने निलेश प्रहरीको गोलीले घाईते भए। उनलाई प्रहरीले अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट