धरानमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, ३ जना पक्राउ

इटहरी– सुनसरीको धरानमा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ।

स्थानीय युवाले कुटपिट गर्दा घाईते भएका धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोक निवासी १८ वर्षीय ताङ्छुहाङ लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो।

धरान उपमहानगरपालिका–१९ का २० वर्षीय सुजन भन्ने गोपाल लामगादेसमेत तीन जनाले गत आईतबार लिम्बुलाई कुटपिट गरेका थिए। घाईते उनलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो।

थप उपचारका लागि बुधबार विराटनगर स्थित न्युरो अस्पताल लाने क्रममा उनको मृत्यु भएको थियो। त्यसपछि प्रहरीले घट्नामा संलग्न तीनै जनालाई बुधबार राती नै पक्राउ गरेको छ।

उनीहरु इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट