सांसद निर्वाचित हुनासाथ कंगनामाथि सुरक्षाकर्मीले नै हाने थप्पड, मिडियामा हंगाामा

काठमाण्डौं– वलिउड क्विन कंगना रनौतले राजनीतिमा हालै आफनो यात्रा सुरु गरेकी छिन्। हालै सांसद निर्वाचित भएपछि संसद वैठकमा सहभागि हुन पुगेकी कंगनालाई चण्डीगढ एयरपोर्टमा एक महिला सुरक्षाकर्मी कुलविन्दरले थप्पड हानेकी छिन्।

आफनो गाउँ मण्डी क्षेत्रबाट निर्वाचित सांसद रनौतले यस विषयमा प्रतिक्रिया दिदै साईडबाट थप्पड हानेको वताएकी छिन्। राजधानीमा इन्ट्री लिनुभन्दा पहिला नै उनीमाथि घटेको घट्नाले सवैलाई अचम्ममा पारेका छन्।

समाचार एजेन्सी एएनआईले आफनो आधिकारिक एक्स (ट्वीटर) अकाउन्टमा कंगना रनौत दिल्ली पुगेको भीडियो शेयर गरेको छ। भीडीयोमा दिल्लीका मीडियाले कंगनासँग चण्डीगढ एयरपोर्टमा भएको घट्ना बारे सोधेका थिए। तर, उनी केही जवाब नदिई बाक्लो सुरक्षाकाबीच संसद भवनतर्फ गएकी थिईन।

त्यसमा भीडीओ शेयर गर्दै एएनआईले लेखेको छ–‘कथित कन्स्टेबल रेंकका सीआईएसएफ अफिसरले चण्डीगढ एयरपोर्टमा बादविवादका क्रममा कंगना रनौतलाई थप्पड हानेका छन्। यसको अनुशन्धानका लागि वरिष्ठ सीआईएसएफ अधिकारीको एक छानविन समिति बन्नेछ।’

सूचना अनुसार किसान आन्दोलनका समयमा कंगना रनौतले दिएको प्रतिक्रियाका कारण ती सीआईएसएफ जवान रुष्ट थिईन। तर, यस विषयमा कंगनाले कुनै प्रतिक्रिया जनाएकी छैनन्। उनले केन्द्रीय औद्योगिक सुरक्षा बलमा यस विषयमा उजुरी दिएका छिन्। प्रहरीले ती महिला सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट