मधेशमा आज हावाहुरीको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
देशको पहाडी भू–भागमा भने आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज कोशी, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ भने यी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि छ ।
प्रतिक्रिया