७ वर्षका जुम्ल्याहा छोरा लिएर कहाँ वेपत्ता भईन अंकिता ?

काठमाण्डौं– रुकुमपश्चिममा ७ वर्षका जुम्ल्याहा छोरासहित २४ वर्षीया एक महिला बेपत्ता भएकी छिन्।
बाँफिकोट गाउँपालिका–८ निवासी अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित १३ जेठदेखि बेपत्ता भएकी हुन।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर बखतबहादुर शाहीका अनुसार अंकिता जिल्ला अस्पताल सल्लेमा चेकजाँच गराउँन भन्दै घरबाट हिँडेकी थिईन। तर, उनी फर्केर नआएपछि उनका ससुरा हरिबहादुर नाथले बुहारी र नातीहरुको खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्।
श्रीमती र छोरा बेपत्ता भएको खवर पाएपछि विदेशमा रहेका अंकिताका श्रीमान् पनि पनि नेपाल पmिर्कएको शाहीले वताए।
प्रतिक्रिया