तड्पाई–तड्पाई कुकुरको छाउरो मारेको आरोपमा इलामबाट ३ जना पक्राउ

विराटनगर– इलाममा कुकुरको छाउरोलाई लाठीले कुटेर क्रूरतापूर्वक मारेको आरोपमा ३ जना पक्राउ परेका छन्।

इलामको देउमाई नगरपालिका–९, जितपुरबाट २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू तथा १७ वर्षीय संगम लिम्बू र अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले पटक–पटक लाठीले हानेर कुकुरलाई मारी खाडलमा पुरेर त्यसको भिडियो सामाजिक सञ्जालमा हालेका थिए।

‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट ३२ जेठमा भिडियो फेसबुकमा अपलोड भएको थियो। त्यसपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जाहेरी दिएको थियो।

सोही उजुरीका आधारमा उनीहरूलाई जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। भिडिओ बनाउने उदेश्यले उनीहरूले कुकुरको बच्चालाई तड्पाउँदै मारेको जनाईएको छ।

नेपालको प्रचलित कानुनअनुसार यस्तो घृणित कार्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ। मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नुलाई ‘अपराध’ मानेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट