डाकनेश्वरीका कार्यालय प्रमुखलाई जनप्रतिनिधिको धम्की, सीडीओसँग गुहार माग्दै कर्ण

राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच लफडा परेको छ। जनप्रतिनिधिले धम्की दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले सीडीओलाई पत्र लेखेपछि यो विषय सतहमा आएको हो।

कर्णले लेखेको पत्र अनुसार ४ असारमा केही जनप्रतिनिधिले कार्यकक्षमै प्रवेश गरेर उनलाई धम्की दिएका छन् भने कार्यालय नआउन चेतावनी दिएका छन् । रोजगार संयोजक र रोजगार सहायक पदको विज्ञापनको विषयलाई लिएर आफुमाथि गालीगलौज र अभद्र व्यवहार गरिएको उनको भनाई छ।

‘मलाई कार्यालय नआउन धम्की समेत दिएको हुनाले निजहरुलाई कानून बमोजिम कारबाही गरी मलाई कार्यालयमा गई कामकाज गर्न शान्ति सुरक्षा उपलब्ध गराई दिनु हुन सादर अनुरोध गर्दछु।’– उनले लेखेको पत्रमा भनिएको छ।

उनको यो पत्र फेसबुकमा शेयर गर्दै प्रदेश सांसद विक्की यादवले पनि प्रतिक्रिया जनाएका छन्। उनले यो प्रकरण नगरबासीकै लागि दुखद भएको भन्दै जनप्रतिनिधिलाई आफनो ब्यवहार सुधार गर्न आग्रह गरेका छन्।

‘डाकनेश्वरी नगरप्रमुख रामलखन मलाहद्वारा प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णलाई ज्यानको खतरा’ उनले लेखेका छन्–‘नगर प्रमुख नगरबासीको अभिभावक पनि हो, समग्र नगरको संरक्षण, शान्ति सुरक्षा गर्नु पर्ने ठाउमा प्रतिनिधिहरु द्वारा नै गाली गलौज, धम्की आउनु दुःखद हो।’

नगरपालिका भित्रको हरेक निकाय लथालिङ्ग रहेको भन्दै उनले अन्यथा मेयर रामलखन मलाहकै कारण पालिकाको परिणाम भयावह हुनसक्ने चेतावनी समेत दिएका छन्।

स्थानीयवासीले भने योजनामा रकमको हिसाव÷किताव नमिलेपछि विभिन्न वहानमा जनप्रतिनिधि र कर्मचारीबीच झगडा सुरु भएको जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट