सेनासँगको दोहोरो भिडन्तमा मारिएका सिकारीको पहिचान खुल्यो

वीरगन्ज– पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनासँगको दोहोरो भिडन्तमा मारिएका शिकारीको पहिचान भएको छ।

आरक्षको कोर क्षेत्रभित्र आज विहान करिव साढे ८ बजे भिडन्त हुँदा मकवानपुरको हेटौँडा उपमहानगर–१४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ।

गस्तीमा रहेको निकुञ्ज कर्मचारी र नेपाली सेनासहितको टोलीसँग वन्यजन्तु सिकारीको जम्काभेट हुँदा दोहोरो झडप भएको थियो। झडपमा सिकारी सुकबहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये ४ जना भाग्न सफल भएको जनाईएको छ। सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले बताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट