पर्सा राष्ट्रिय निकुञ्जमा सेनाले गोली चलाउँदा एक जना शिकारीको मृत्यु

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेना र वन्यजन्तु शिकारीबीचको भुठभेड हुँदा एक जनाको मृत्यु भएको छ।

निकुन्ज सुरक्षार्थ खटिएको सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन। सेनाले गोली चलाएपछि अन्य शिकारी भने फरार भएका छन्।

घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको निकुन्जले जनाएको छ। निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरू समूह बनाएर बस्ने गरेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए।

वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट