पाँचथरमा धामी हेर्न भेला भएका युवाहरुबीच झडपः १ जनाको मृत्यु, ३ जना घाईते
विराटनगर– धामी बसेको हेर्न जम्मा भएका युवाहरुबीच झडप हुँदा पाँचथरमा एक जनाको मृत्यु भएको छ। अन्य ३ जना युवा घाईते छन्।
कुटपिटबाट घाईते भएका फिदिम नगरपालिका–१४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको हो। २८ वर्षका पर्शुराम राई, २२ वर्षका ध्रुव राई र २६ वर्षका पुष्कर विक घाईते छन्।
प्रहरीका अनुसारस्थानीय धनकुमार राईको घरमा चिन्ता बस्ने (धामी बस्ने) कार्यक्रममा भेला भएका युवाहरू बिच विहिबार राती साढे ९ बजे कुटाकुट भएको थियो। करिव २० जनाको समूहले ४ जना युवालाई कुटपिट गरेका थिए।
घाईतेहरुलाई उपचारका लागि राती नै पाँचथर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा शुक्रवार बिहान ४ बजे दिनेशको मृत्यु भएको र ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले बताए।
पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको उनको भनाई छ। झगडाको कारण खुलेको छैन। कुटपिटमा संलग्न युवाहरू फरार रहेको प्रहरीले जनाएको छ।
लोकप्रिय
ताजा अपडेट
‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ भन्ने अमरेश किन पुगेनन् रास्वपा महाधिवेशनमा ? असन्तुष्टिको संकेत कि राजनीतिक दूरी ?

