ताप्लेजुङमा भूकम्पको धक्का, क्षतीको विवरण आएको छैन

काठमाडौं– ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान भुकम्प गएको छ। विहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पले पु¥याएको क्षतिको विवरण आएको छैन ।
यसअघि १४ असारमा सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।
प्रतिक्रिया