सिमलताल पहिरोः पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको नहरमा २ वटा शव भेटियो

चितवन– सिमलताल पहिरोमा परी वेपत्ता बस र यात्रुको खोजी गरिरहेको सुरक्षा टोलीले पूर्वी नवलपरासीको त्रिवेणीमा २ वटा पुरुषको शव फेला पारेको छ।

आइतबार साँझ करिव पौने ६ बजे त्रिवेणीस्थित भारततर्फको बाल्मिकी नहरमा २ पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलिसकेको छैन।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टबाट खटिएको टोलीले शव फेला पारेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। ती पहिरोका कारण वेपत्ता भएकाहरुकै हुन सक्ने अनुमान गरिएको छ।

गत शनिबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल पहिरोमा बेपत्ता दुई बस भने अहिलेसम्म भेटिएका छैनन्। बेपत्ता बसको खोजी भइरहेको छ। यसअघि वेपत्ता ५ जनाको शव फेला परेका छन् भने उनीहरुको सनाखत पनि भईसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट