आफु मर्छु भन्ने लागेपछि अरुसँग विहे गर्ने पीरले श्रीमतीको हत्या, आश्चर्यमा प्रहरी

काठमाण्डौं– भारतको राजस्थान स्थित बांसवाडा नजिकै रहेको देवलिया गाउँमा शनिवार राती एक महिलाको हत्या भयो। घरायसी विवादका कारण पति ३० वर्षीय रकमा डामोरले पत्नी गीताको हत्या गरे। आईतबार विहान प्रहरीले घट्नाको जानकारी पाउँदा रकमा डामोर फरार थिए।

प्रहरीका अनुसार गीतालाई कुटपिटपछि घाँटी थिचेर मारिएको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ। तार जस्तो खिरिलो चिजले घाँटी थिचेर उनको हत्या गरिएको प्रहरीले आशंका गरेको छ। हत्या आरोपी रकमा पक्राउ परेका छन्।

उनको वयान सुनेर भने प्रहरी पनि आश्चर्यमा परेको छ। बांसवाडा थानाका प्रमुख दिलीप सिंहका अनुसार रकमा निकै दिनदेखि विरामी थिए। उपचार गर्दा पनि विशेक नभएपछि उनको मनमा ‘अव मर्छु’ जस्तो लाग्न थाल्यो।

त्यसपछि उनको मनमा अनेक कुराहरु खेल्न थाले। सवैभन्दा वढि चिन्ता उनलाई श्रीमतीको लाग्यो। ‘म मरेपछि श्रीमतीले अरुसँग विवाह गर्छिन’ भन्ने सोचेर उनी भित्रभित्रै छटपटिन थाले। अन्त्यमा श्रीमतीलाई मारेर आफु पनि आत्महत्या गर्ने निस्कर्षमा पुगे।

घट्नाको दिन उनी गीता निदाउने प्रतिक्षामा बसे। जव उनी निदाईन, तव उनले घाँटी थिचेर हत्या गरिदिए। त्यसपछि आफु पनि घरभित्रै पासो लगाएर झुण्डिने प्रयास गरे। तर, सफल हुन सकेनन। त्यसपछि उनी घरबाट भागे। प्रहरीको तीन वटा टोली परिचालन गरी उनलाई पक्राउ गरिएको जनाईएको छ।

रकमा र गीताको विवाह करीब १० वर्षअघि भएको थियो। उनीहरुका ४ छोरा छन्। त्यसमध्ये जेठा छोरा ९ र सवैभन्दा सानो छोरा ३ वर्षका रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट