बाघ नियन्त्रण गर्दा आक्रमणमा परेपछि भागेका २ वटा हात्ती शिशुवार र निलडाँडाबाट नियन्त्रण

चितवन– चितवनको नारायणगढ बजार नजिकै मर्निङवाकमा रहेका एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाएको बाघलाई १६ घण्टापछि नियन्त्रणमा आएको छ।

बाघले शनिबार विहान मर्निङवाक गर्न गएका भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको थियो। चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको हातको हड्डी भाँचिएको छ भने घाँटीमा चोट रहेको अस्पतालले जनाएछ। बाघको आक्रमणमा परेर उनको ५ वटा नक्कली दाँत घाँटीमा अड्किएको थियो। अस्पतालले दिएको जानकारी अनुसार घाटीमा अड्किएका दाँत खोक्दा वाहिर निस्किएका थिए।

आइतबार मध्याह्न तीनवटा हात्तीसहित बाघलाई समाउन टोली परिचालन भएको थियो। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन्। नरकटको झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत आक्रमणको प्रयास गरेको थियो। बाघसँग बिच्किएका २ वटा हात्ती भागेका थिए।

एउटालाई पश्चिम चितवनको शिशुवार र अर्कोलाई भरतपुर–१९ को निलडाँडाबाट नियन्त्रणमा लिईएको थियो। फेरी २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गरिएको थियो। बाघलाई प्राविधिकहरूले राति करिव ९ बजे डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिएका हुन्। खोरमा राख्दा साढे ९ बजेको थियो।

उक्त बाघ अन्दाजी ५÷६ वर्षको भाले भएको चितवन राष्ट्रिय निकुञ्ज पशु चिकित्सक डा.विजय श्रेष्ठले बताए। बाघलाई हाल चितवन निकुन्जको पूर्वी सेक्टर कार्यालय सौराहामा लगिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट