बाघको आक्रमणमा परेका वृद्धको ३ वटा हड्डी भाँचियो, ५ वटा नक्कली दाँत घाँटीमा
चितवन– चितवनको नारायणघाट नजिकै नारायणी नदीको किनारमा मर्निङ्वाक गर्न गएका ब्यक्तिलाई आक्रमण गरेको बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी भएको छ।
आइतबार बिहान करिव सवा ५ बजे भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँचवटा नक्कली दाँत खस्किएर घाँटीमा पुगेका छन्।
श्रेष्ठको चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचार भईरहेको छ। बाघको आक्रमणबाट दाहिने हातको हत्केला, नाडी र दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डी भाँचिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।
उक्त बाघ नारायणी किनारमा रहेको झाडीमा लुकेको आशंका छ। नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्यांक क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको छ सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी।
बाघ खोज्न ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीले वताए। हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना बनाईएको उनको भनाई छ।
बाघको त्रासका कारण मानिसको आवतजावत समेत रोकिएको छ। पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरू गरेको बाघ हुनसक्ने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा. विजयकुमार श्रेष्ठको अुमान छ। यद्यपी बाघ कहाँबाट आयो भन्ने यकिन हुन सकेको छैन।
लोकप्रिय
पैसा तिर्न नसक्दा गर्भवतीलाई अस्पतालबाट निकालियो, गेटमै जन्मियो बच्चाः छानबिनको घेरामा गजेन्द्र अस्पताल
३ वर्षीया बालिकाको बलात्कारपछि हत्याः दुई नाबालक बाल सुधारगृहमा, परिवारलाई २ लाख अन्तरिम क्षतिपूर्ति


