नियन्त्रणमा आयो २६ वर्षीया हीरादेवीलाई खाएको नरभक्षी बाघ

काठमाण्डौं– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२, कमलासा टोलकी २६ वर्षीया हीरादेवी शाहलाई खाएको नरभक्षी बाघ घट्नाको दोस्रो दिन शुक्रबार नियन्त्रणमा आएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार हार्ट सुई लगाएर बेहोस बनाई बाघ नियन्त्रणमा लिइएको हो। ५ वटा हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा लिईएको मनोजले बताए।

बिहीबार बिहान धान खेतमा घाँस काटिरहेकी हिरालाई आक्रमण गरेर बाघले ज्यान लिएको थियो। करिब १० बजे उखुबारीबाट निस्किएको बाघले हिरालाई पछाडिबाट आक्रमण गरेर घिसार्दै लगेको थियो।

स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्नेक्रममा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिएकी थिईन। हीराको ३ वर्षअघि मात्रै स्थानीय गोपालसँग विवाह भएको थियो। उनीहरुका दुई वर्षका छोरा छन्। २ महिनाअघि बुबा हर्कबहादुरको वार्षिकी सकेर गोपाल कामको खोजीमा भारतको हिमाञ्चल गएका छन्।

गोपाल फकिएपछि हिराको अन्तिम संस्कार गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट