दुई वटा सवारी साधनले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

काठमाण्डौं– रुपन्देहीको बेलबासमा सोमबार राती २ वटा सवारी साधनको ठक्करबाट स्कुटर चालक युवतीको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको हो।

सोमबार बेलुका करिव साढे ८ बजेतिर लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ जाँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित भएको स्कुटरलाई लु१च ६७८३ नम्बरको बोलेरोले पनि ठक्कर दिएको थियो।

२ वटा सवारीमा ठोक्किँदा गम्भिर घाईते भएकी सुष्मालाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालकको पहिचान भएको छैन। प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट