कुन-कुन ठाउँमा पर्दैछ पानी, दिनभरी कहाँको मौषम कस्तो ?

काठमाडौँ– मनसुन बाहिरिने बेलामा नेपालमा भने वाढी र पहिरोको त्रास छ। आज पनि पूर्वी र मध्य क्षेत्रमा वर्षा भइरहेको छ। कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा विहानैदेखि वर्षा भइरहेको छ। कतै मध्यम कतै भारी भईरहेको र दिउँसो अझै बढ्न सक्ने सम्भावना छ।

सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको छ। इलामको सोक्तिम टि स्टेट, सुनसरीको तहरा, धनकुटाको त्रिवेणी, सिन्धुपाल्चोकको तार्केघ्याङ, झापाको अर्जुनधारामा भारी वर्षा मापन भएको छ।

भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा भईरहेको तथा असर आज र भोलिसम्म यो असर देखिने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यो प्रणाली पश्चिमतिर सर्ने क्रममा भने कमजोर हुँदै गएको छ।

असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविदको सुझाव अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट