स्रोत नखुलेको अमेरिकी डलरसहित झापाको गौरादहका एक युवक पक्राउ

दमक– झापाको गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई प्रहरीले स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ गरेको छ।

मियाँलाई विहिबार दिउँसो कमल गाँउपालिका–३ केर्खा चोकबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मियाँको साथबाट स्रोत नखुलेको नेपाली २९ हजार ९ सय बराबरको अमेरिकन डलर, भारतीय रुपियाँ १ हजार ५९०, नेपाली रुपियाँ १६५ र १ थान मोबाइल सेट बरामद भएको छ।

मियाँ हाल इलाका प्रहरी कार्यालय दमकको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट