धरानमा खुकुरी प्रहार गरी किशोरीको हत्या, भोजपुरका युवक पक्राउ
इटहरी– सुनसरीको धरानमा शुक्रबार एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
भोजपुरको अरूण गाउँपालिका–६ जरायोटारका ३७ वर्षीय अमृत रसाइलीले २८ वर्षीया श्रीमती सम्झना रसाइलीको हत्या गरेका हुन।
धरान उपमहानगरपालिका–२ पुरानो बजारमा कोठा भाडा लिएर वस्दै आएका दम्पत्तिबीच वादविवाद भएपछि अमृतले खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्याको खबरपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली घट्नास्थलमा पुगेको थियो। पव्रहरीले अमृतलाई पक्राउ गरेको छ।
प्रतिक्रिया
