डेढ वर्षअघिको स्ट्याटसले प्रहरी हिरासत पुगेकी शोभा पाठक श्रीमानको आदेशमा रिहा

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएका कारण चर्चा आएकी धादिङको ज्वालामुखी गाउँपालिका– ७ की शोभा पाठक भन्ने जानुका पाठकले २९ मे ०२३ मा सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखिन।

‘अहिले तलाईं परिचालन मात्र गरेको जाबो भरौटे दलाली, अर्काको घर भँडुवा’ भन्दै लेखेको त्यो स्ट्याटसले उनलाई अहिले आएर प्रहरी हिरासतमा पु¥याएको छ। प्रहरी हिरासतमा पुगेको मात्र होईन, त्यहाँभित्र आफुलाई अमानविय ब्यवहार गरिएको र यातना दिईएको उनको आरोप छ।

खासगरी, उनले डेढ वर्षअघि लेखेको फेसबुक स्ट्याटस धादिङ्गको मलेखुका राजकुमार त्रिपाठी लक्षित थियो। एमाले नेता वस्नेतसँग मिलेर आफुविरुद्ध षडयन्त्र गरेको सूचनापछि उनले त्रिपाठीविरुद्ध स्ट्याटस लेखेकी थिईन।

डेढ वर्षअघि सामाजिक सञ्जालमा लेखेको सोही स्ट्याटसको विषयलाई लिएर २८ मंसिरमा काठमाडौं जिल्ला अदालतको परिसरबाट पाठक पक्राउ परिन। पाठक विरुद्ध त्रिपाठीले डेढ वर्षपछि (१२ मंसिरमा) प्रहरी वृत्त, स्वयम्भूमा जाहेरी दर्ता गरेका थिए।

उनलाई पक्राउ गरेर स्वयम्भू प्रहरीको हिरासतमा राखिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा मुद्दा चलायो।

काठमाडौँ जिल्ला अदालतका श्रीमान (न्यायाधीश) खिमानन्द भुसालको एकल इजलासले विहिबार उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। पाठकले एमाले नेता वस्नेतको निर्देशनमा त्रिपाठीले आफुविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएकी छिन्।

यता, पाठकलाई प्रहरीले कानुन उलंघन गरेर पक्राउ परेको खुलासा भएको छ। साइबरसम्बन्धी कसूरमा ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने ब्यवस्था रहेको साइबर ब्यूरोका अधिकृतहरु बताउँछन्। तर, त्रिपाठीको केसमा प्रहरीले डेढ वर्षपछि पनि जाहेरी लिएर पाठकलाई पक्राउ गरेको खुलेको छ।

स्रोतका अनुसार बस्नेत र पाठक कुनै समय लिभिङ टुगेदरमा बसेका थिए। टिकटकमा उनीहरुको भीडीओसमेत भाईरहल भएको थियो। टिकटकमा पाठकसँग देखिएको ब्यक्ति आफु नभएको भन्दै वस्नेतलले दावी गरेका थिए। त्यसको केही समयपछि नै उनीहरुको बीचनमा आरोप–प्रत्यारोप सुरु भएको थियो, जुन अहिलेसम्म चलिरहेको छ।

उनीहरुकोबीचमा मुद्दामामिला समेत भएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट