राजविराजमा गाँजासहित चार पक्राउ, घरमै लुकाएर राखिएको सूचनापछि प्रहरीको छापा

राजविराज — सप्तरीको राजविराज नगरपालिकाबाट प्रहरीले गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट करिब ४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–११ निवासी ४८ वर्षीय श्याम नारायण यादवको घरमा गाँजा ल्याएर राखिएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घर तथा शंकास्पद व्यक्तिहरूको खानतलासी गरेको थियो।

सो क्रममा प्रहरीले श्याम नारायण यादवसहित राजविराज नगरपालिका–१ राजदेवी टोल निवासी २४ वर्षीय निरज रजक, राजविराज नगरपालिका–७ का १९ वर्षीय ललित कुमार दास तथा राजविराज नगरपालिका–१ डुमरी टोलका ३५ वर्षीय हरेराम यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।

खानतलासीका क्रममा पक्राउ परेकाहरूको साथबाट ४५ ग्राम ९७० मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। चारै जनाविरुद्ध लागू औषधसम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट