सप्तरी प्रहरीद्वारा ११ दिनमै २४ फरार प्रतिवादी पक्राउ, पक्राउ पर्ने सवैभन्दा धेरै कञ्चनरुपका

राजविराज– सप्तरी प्रहरीले पुस लागेपछिका ११ दिनमा २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा जिम्मा लगाएको छ। अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा ती प्रतिवादीहरु पक्राउ परेका हुन।

पक्राउ परेकाहरुबाट १२ वर्ष १० महिना कैद र १५ हजार ७४६ रुपैयाँ त्रिसठ्ठी पैसा जरिवाना असुल हुने प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सवैभन्दा वढि कञ्चनरुप नगरपालिकाका ८, रुपनी गाउँपालिका र राजविराज नगरपालिकाका ४÷४, शम्भुनाथ नगरपालिका र तिरहुत गाउँपालिकाका ३÷३ तथा हनुमाननगर कंकालिनी नगरपालिका र विष्णपुर गाउँपालिकाका १÷१ जना छन्।

प्रहरीका अनुसार कञ्चनरुप नगरपालिकाका बद्री दास, सन्तलाल दास, सुगम्बर यादव, बालकिशुन यादव, बचु रोहीत यादव, बाबजी यादव, बालेश्वर यादव र प्रेम नारायण भन्ने कारी यादव पक्राउ परेका छन्।

रुपनी गाउँपालिकाका कानसिवलाल गुरमैता, कादामोदर साह, अन्तलाल चौधरी रामबिलास यादव तथा राजविराज नगरपालिकाका प्रबोध नारायण सिंह राजपुत, बब्लु मण्डल, काराजेश मण्डल र मिरा मण्डल पक्राउ परेका छन्।

यस्तै, शम्भुनाथ नगरपालिकाका राम आशिष मण्डल, बद्री नारायण हलुवाई र शिवचन्द्र पण्डित तथा तिरहुत गाउँपालिकाका चन्देश्वर मुखिया मलाह, नसिवलाल गुरमैता र जोगेन्द्र गुरमैता पक्राउ परेका छन्।

हनुमाननगर कंकालिनी नगरपालिकाका कृष्ण कुमार मुखिया र विष्णुपुर गाउँपालिकाका मो. ओसिम पक्राउ परेको सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले जानकारी दिए।

पक्राउ पर्नेहरुको थप विवरण


प्रतिक्रिया

One thought on “सप्तरी प्रहरीद्वारा ११ दिनमै २४ फरार प्रतिवादी पक्राउ, पक्राउ पर्ने सवैभन्दा धेरै कञ्चनरुपका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट