झापामा जंगली हात्तीले खेदेर आक्रमण गर्दा ३५ वर्षीया महिलाको मृत्यु
दमक– झापामा बुधबार जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
कचनकवल गाउँपालिका–७ की ३५ वर्षीया केलाबत्ती राजवंशीको हात्तिको आक्रमणमा मृत्यु भएको हो। प्रहरीका अनुसार दिउँसो करिव १२ बजे कचनकवल– ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा उनलाई हात्तिले आक्रमण गरेको हो।
१५÷२० जना महिलाहरू घाँस, दाउरा काट्न गएका बेला राजवंशीलाई एउटा हात्तीले लखेटेको थियो। हात्तिबाट भाग्ने क्रममा उनी साथीहरुबाट छुट्टिएकी थिईन। लगत्तै उनका साथीले प्रहरीलाई खबर गरेका थिए।
खोजतलास गर्ने क्रममा प्रहरीले दिउँसो करिव ५ बजे उनलाई घाइते अवस्थामा उद्वार गरी भद्रपुर स्थित ओमसाई पाथिभरा अस्पतालमा भर्ना गरेको थियो। उपचारकै क्रममा करिव १५ मिनेटपछि नै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।
प्रतिक्रिया

