खोटाङमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत, बेलायतमा रहेका पीडकको ६ महिनापछि पहिचान

दिक्तेल– खोटाङमा मानसिक सन्तुलन गुमेकी एक महिला बलात्कृत भएको घट्ना ६ महिनापछि खुलासा भएको छ।

जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि गाउँकै ३९ वर्षीय एककुमार राईले बलात्कार गरेको खुलेको छ। पीडित महिला करिब ६ वर्षअघिदेखि मानसिक सन्तुलन गुमाएर उपचाररत छिन्।

तीनै महिला गर्भवती रहेको थाहा पाएपछि बलात्कारको घट्ना वाहिर आएको हो। हाल महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ। गत असारमा घरमा एक्लै भएको मौका छोपी राईले महिलालाई बलात्कार गरेका थिए।

पीडक राई हाल बेलायतमा रहेको बताइएको छन्। पीडित महिला गर्भवती रहेको थाहा भएपछि उनले परिवारका सदस्यलाई पैसाको प्रलोभन देखाएको समेत खुलेको छ। परिवारले दोसीलाई कारवाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा १८ पुसमा दर्ता भएको छ। जाहेरी दर्ता गरी घटना भएको स्थल पुगेर मुचुल्का तयार गरिएको इन्स्पेक्टर मोहन पोखरेलले जानकारी दिए। पीडकलाई पक्राउ गर्न आइतबार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट