दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, पछाडि बसेकी महिला गम्भिर

दमक — झापाको दमकमा गए राति ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा ठक्कर दिएको थियो।
दुर्घटनामा ताप्लेजुङ दोभानका २२ वर्षीय अंकित लिम्बूको मृत्यु भएको हो। सोही घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी छिन्। उनको अवस्था गम्भीर छ।
सृजनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। एसपी राजन लिम्बुका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गरेका वेला दुर्घटनामा परेका हुन।
दुर्घटनापछि ट्रक चालक फरार छन्।
प्रतिक्रिया