अपाङ्गता भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ५० कटेका दाजुभाइ पक्राउ

काठमाडौँ– कैलालीमा ५० वर्ष कटेका दाजुभाईले अपाङ्गता भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ। दुवै जना पक्राउ परेका छन्।
एक गाउँपालिकाकी स्पष्ट बोल्न नसक्ने ती युवतीलाई बलात्कार गरेको आरोपमा चुरे गाउँपालिका–४ का ५८ वर्षीय दीर्घ कँडेल र ५३ वर्षीय गंगा कँडेल पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुवै जना सहोदर दाजुभाइ हुन्।
डीएसपी रणबहादुर चन्दका अनुसार पेट बढ्दै गएपछि स्वास्थ्य परीक्षण गर्दा २१ हप्ताको गर्भ रहेको खुलेको थियो। आफन्तले जाहेरी दिएपछि आरोपित दुवै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया