शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत सुकेधाराबाट पक्राउ

काठमाडौँ– १५ चैतमा काठमाडौँको तीनकुनेमा आयोजित हिंसात्मक राजावादी आन्दोलनमा सहभागि भएको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भए पछि उनी फरार भएका थिए।

राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। सरकारी कार्यालय र गाडीमा आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो।

उक्त प्रकरणमा घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट