प्रदेश सरकारको बजेटमा सीके राउतको पार्टीको प्रचारः पार्टीको ब्यानर टाँगेर सरकारी योजना शिलान्यास

राजविराज– जनमत पार्टीका अध्यक्ष एवम् सप्तरी–२ बाट निर्वाचित सांसद डा. सीके राउत संसद र सार्वजनिक कार्यक्रममा विधि र प्रकृयाका ढुल–ठुला भाषण गर्छन। पुराना पार्टी भन्दै कांग्रेस, एमाले र माओवादी केन्द्रका विषयमा आलोचना गर्छन।

तर, उनै डा. राउत र उनका नेता÷कार्यकर्ताले गर्ने कृयाकलापमा भने कतै पनि विधि र प्रकृयाको मेल खाएको भेटिँदैन। त्यसै मध्येको एउटा घट्ना हो– मंगलबार सप्तरीको कञ्चनरुप नगरपालीका –८ स्थित नन्दलाल टोलमा रहेको पब्लिक आधारभूत विद्यालय भवनको शिलान्यास कार्यक्रम।

नन्दलाल टोलमा नविन सिंहको घरदेखि अगाडिको पोखरीसम्म आरसीसी ढलान र २ कोठे विद्यालय भवनको जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जय कान्त राउत अर्थात डा सीके राउतका दाजुले शिलान्यास गरेका छन्।

मधेश प्रदेश सरकारले दिएको जानकारी अनुसार उक्त योजना चालु आर्थिक वर्ष अर्थात असार मसान्त सम्ममा निर्माण सम्पन्न हुनपर्ने छ। जसका लागि शिक्षा मन्त्रालयले वजेट उपलब्ध गराएको हो। कुल ५० लाख ६० हजार ६३९ रुपैयाँको लागतमा निर्माण हुने उक्त योजना शिलान्यास कार्यक्रममा प्रदेश सरकारको उपस्थिती भने कतै देखिदैन।

शिलान्यास कार्यक्रम हेर्दा जनमत पार्टीकै कार्यक्रम जस्तो देखिन्छ। ब्यानर पनि जनमत पार्टीकै टाँगिएको छ। तर, यो योजनामा जनमत पार्टीको कुनै सम्वन्ध नै नभएको सरकारका प्रतिनिधिहरु वताउँछन्।

सरकारका कर्मचारीले दिएको जानकारी अनुसार उक्त वजेट नेकपा एमालेका नेता तथा वर्तमान गृहमन्त्री राजकुमार लेखी शिक्षा मन्त्री भएका वेला छुट्याईएको हो। उनी स्वयमले पनि आफु शिक्षा मन्त्री हुँदा विद्यालय भवनका लागि बजेट छुट्याएको जानकारी दिए।

प्रदेश सरकारको वजेटमा त्यसरी पार्टीको ब्यानर टाँगेर विद्यालय भवन शिलान्यास गर्नु विधि र प्रकृयाको ठाडो उलंघन भएको उनी बताउँछन्। प्रदेश सरकारका प्रवक्ता समेत रहेका लेखीले शिलान्यास पनि एक दमै ढिलो भएको र समयमा योजना सम्पन्न गर्नु पर्ने चुनौती रहेको बताए।

यसरी प्रदेश सरकारको बजेटमा सीके राउतका नेता कार्यकर्ताले रमाईलो गरेको यो पहिलो घट्ना भने होईन। यसअघिका पनि हरेक कार्यक्रममा सरकारको ब्यानर हटाएर पार्टीको ब्यानर राख्ने गरिएको छ। अध्यक्ष डा. राउत आफैं उपस्थित भएका कार्यक्रममा पनि पार्टीकै ब्यानर राख्ने गरिएको छ।

गत २८ फागुन ०८१ मा महादेवा गाउँपालिका–१, पकरीमा डा. राउतले ग्राम उद्योगको शिलान्यास गरेका थिए। सरकारी बजेटमा शिलान्यास गरिएको उक्त कार्यक्रममा पनि जनमत पार्टीकै ब्यानर राखिएको थियो। उक्त कार्यक्रममा स्वयम अध्यक्ष सीके राउत उपस्थित भएर विधि र प्रकृयाका भाषण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट