विवाहपछि आमाको एकपछि अर्को परपुरूष सँगको सम्वन्धका कारण ९ वर्षीय बालकको हत्या

काठमाडौँ– बाँकेको कोहलपुरमा २० दिन अघि मृत फेला परेका ९ वर्षीय बालक कुशल बमको हत्या घट्नाको अनुशन्धानमा ट्विष्ट आएको छ। कुशलको शव १५ वैशाखमा बैजनाथ गाउँपालिका–४, नौलापुरस्थित कुलोमा परालले छोपेको अवस्थामा फेला परेको थियो।

उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनकै आमा ३२ वर्षीया यशोदा बुढा र प्रेमी (सौतेनी बुबा) ३३ वर्षीय निरकनाथ योगीलाई पक्राउ गरेको छ। तर अनुसन्धानमा भने हत्यामा अर्कै ब्यक्तिको संलग्नता रहेको प्रहरीले फेला पारेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका–२ माइती भएकी यशोदाले बाँकेको जानकी गाउँपालिका–३ का एक मुस्लिम समुदायका युवकसँग विवाह गरेकी थिइन्। कुशल उनीबाटै जन्मिएका हुन। ती युवकले आत्महत्या गरेपछि यशोदाले करिब ७ वर्षअघि दैलेखको दुल्लु नगरपालिका–११ का निरकनाथसँग दोस्रो विवाह गरिन।

तर, उनीहरुको विवाह गोप्य थियो। यशोदाले आफु विवाहित र १ छोराकी आमा भएको निरकनाथलाई पनि ढाँटेकी थिईन। उनले जानकी गाउँपालिका–३ बाट एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता समेत लिदै आएकी थिईन। यता, कुशललाई कोहलपुर मावीमा भर्ना गराएकी थिईन। उनी कक्षा ३ मा पढ्थे। जहाँ कुशलको बुबाको नामसमेत गलत लेखाईएको छ। स्कुलको रेकर्ड अनुसार कुशलको बुबाको नाम सन्तोष खनाल हो।

निरकनाथलाई कुशलको बारेमा आशंका भने थियो। ‘कुशल कस्को छोरा हो ?’ भन्ने विषयमा दुवै जनाको झगडा समेत भएको पाईएको छ। यशोदा र निरकनाथ कोहलपुर–११, कृषि चोकमा कोठा भाडा लिएर बस्थे। यशोदा कोहलपुरकै अस्पतालमा सरसफाइको काम गर्थिन भने निरकनाथ रोजगारीका लागि भारत आउजाउ गर्थे। निरकनाथ घटना हुनुभन्दा केही दिनअघि मात्रै भारतबाट नेपाल फर्किएका थिए।

त्यसैले कुशलको हत्यामा उनीहरुकै संलग्नता हुन सक्ने प्रहरीको अनुमान थियो। कुशल ८ वैशाखको बेलुकादेखि बेपत्ता भएका थिए। छोरा हराएको भन्दै यशोदाले नै इलाका प्रहरी कार्यालय कोहलपुरमा खोजतलासको निवेदन दिईन। खोजतलासकै क्रममा स्थानीय गोठालाको सूचनाका आधारमा प्रहरीले उनको शव फेला पार्यो। शव भेटिएको ठाउँ डेराभन्दा झण्डै १३ किलोमिटर पर पर्छ। यशोदाले नै शव कुशलकै रहेको सनाखत गरेकी थिइन्।

अनुसन्धानका लागि प्रहरीले यशोदा र निरकनाथसहित ६/७ जनालाई पक्राउ गरेको छ। ती मध्ये ३ जना वैशाखमै पक्राउ परेका हुन। प्रहरीका अनुसार कुशलको हत्यामा उनीहरुको भूमिका प्रत्यक्ष र सहयोगीको छ। उनीहरूकै बयानका आधारमा हत्यामा तेस्रो ब्यक्तिको संलग्नता खुलेको हो।

ती ब्यक्ति अहिले फरार छन्। प्रहरीले पक्राउ परेका र फरार कसैको पनि नाम सार्वजनिक गरेको छैन। डीएसपी खनालका अनुसार कुशलको हत्या गर्ने योजना कपाल काट्ने सैलुनमा बनेको हो। कुशलको हत्या गर्ने प्रमुख योजनाकार पनि यशोदाका प्रेमी नै भएको प्रहरीले जनाएको छ।

यशोदा र ती युवकबीच पनि प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ। तर पछिल्लो समय यशोदाले उनलाई बेवास्ता गर्न थालेकी थिइन्। रिसाएका ती युवकले सुरूमा यशोदाकै हत्या योजना बनाएका थिए। तर, तत्काल त्यो सम्भव नदेखेपछि छोराको हत्या गरेर आमासँगको बदला पुरा गर्ने योजना बनेको प्रहरी बताउँछ।

प्रहरीका अनुसार ती युवकको मुख्य टार्गेट यशोदा नै थिईन। पक्राउ गर्न ४/५ दिन ढिला भएको भए उनकै ज्यान पनि जोखिममा थियो। तर, कुशलका हजुरबुवा सरिखत अली शेखले आशंका गरेर दिएको जाहेरीको आधारमा यशोदा र निरकनाथ पक्राउ परेकाले थप क्षती हुन नपाएको डीएसपी खनालको भनाई छ।

यशोदा र ती युवकबीच केही लेनदेन समेत रहेको खुलेको छ। प्रहरीका अनुसार हत्याका योजनाकार युवक र कुशलको राम्रो चिनजान थियो। उनले कुशललाई ८ वैशाखमा घर पु¥याइ दिने भन्दै अटोमा राखेर लगेका थिए। सीसी क्यामराबाट जोगिन भित्री सडकको प्रयोग गरी तीन घण्टा लगाएर राति नौलापुर पुर्‍याएको खुलेको छ।

त्यहाँ पुगेपछि अटोबाबाट ओर्लिए लगत्तै टाउकोमा लाठीले प्रहार गरेर भुँईमा लडेपछि घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या पछि ती युवक र संलग्न व्यक्तिहरूले कुलोमा परालले कुशलको शव छोपेर फरार भएको डीएसपी खनालले जानकारी दिईन।

कुशलको हत्यामा निरकनाथको भने संलग्नता देखिएको छैन। आमा यशोदाको भूमिका अझै पनि शंकास्पद छ। ‘कुशलको हत्या गर्ने योजना र आफूलाई हत्या गर्न दिएको धम्कीबारे यशोदाले थाहा छैन भन्न सकेकी छैनन्।’ प्रहरी भन्छ–‘उनको भूमिकामा शंका गर्ने आधार अझै पनि छन्। उनलाई निर्दोश भन्न सक्ने अवस्था अहिले छैन।’

विवाह पछिको परपुरूष सँगको सम्बन्धमा उत्पन्न खटपट हुँदा बदलाको भावले निर्दोष बालकको हत्या गरिएको उनको वुझाई छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट