किर्ते नागरिकता लिएका भारतिय नागरिक शैलेन्द्रमोहनको दशकौँदेखि नेपालमा प्रभुत्व, प्रशासन बेखबर!

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा अड्डा जमाएर दशकौँदेखि देशैभर प्रभाव जमाइरहेका भारतीय नागरिक शैलेन्द्र मोहन झाले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा भएको छ।

नेपालमा लामो समयदेखि बसोबास गर्दै आएका झा आफूलाई सप्तरीको स्थायी बासिन्दा दाबी गर्छन्। तर, उनको वास्तविक स्थायी ठेगाना भारत, बिहारस्थित सितामढी आसपासको कुसहर गाउँ रहेको खुलेको छ। उनीसँगै उनका दुई दिदीबहिनी पनि छन् — बिभा र पुनम मिश्रा। पुनमको विवाह सितामढीमै भएको छ भने बिभा काठमाडौंमा फुड कम्पनीको डिलर सञ्चालन गरेर बसेको स्रोतले बताएको छ।

शैलेन्द्र मोहन झाले ०५३ कात्तिक १८ गते सुनसरीको तत्कालिन नरसिंह गाविस–५ बाट नेपाली नागरिकता लिएका थिए। त्यति बेला उनको उमेर ३२ वर्ष ८ महिना २६ दिन थियो। जबकि कानुन अनुसार १६ वर्षको उमेरमै नागरिकता लिन सकिने प्रावधान छ। उनले आफ्नो शिक्षा भारतमै पूरा गरेका थिए। उनी करिब ०४४ सालमा (२३/२४ वर्षको उमेरमा) सप्तरी आएका हुन।

नेपालमा वसेर राम्रो आम्दानी र प्रभाव जमाउन सकिने देखेपछि उनी सुरुदेखि नै नागरिक्ता लिने योजनामा थिए। सेटिङ मिलाउन निकै लामो समय लागेपछि उनले नेपालमा ‘बुबाकै पालादेखिको स्थायी बासिन्दा’ को आधार देखाएर सुनसरीबाट नागरिकता लिएको खुलासा भएको छ। नागरिकतामा जन्मस्थान सुनसरीको नरसिंह गाविस–५ उल्लेख गरिएको छ, जुन झूटो भएको स्रोतले दाबी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भरतमणि भट्टराईको हस्ताक्षरमा उनको नागरिकता ‘वंशजको आधार’ मा जारी गरिएको देखिन्छ। झाले भने आफूले आफ्ना बुबाको नागरिकता देखाएर नागरिकता लिएको दाबी गरेका छन्। ‘मेरो बुबा नै सप्तरी आउनु भएको थियो। उहाँले सर्लाहीबाट नागरिकता बनाउनु भएको हो,’ झाको भनाइ छ। तर, उनले अहिलेसम्म आफ्ना बुबाको नागरिकताको प्रमाण देखाउन सकेका छैनन्। नागरिकता सम्बन्धी विवरण माग्दा उनले प्रमाण उपलब्ध गराउन अस्वीकार गरेका छन्।

स्रोतका अनुसार केही समयअगाडि नेपालमा शिक्षकको अभाव रहेको बेला उनका बुबा रघुनाथ झा सर्लाहीमा आएर शिक्षण पेशामा संलग्न भएको सत्य हो। तर, उनले नागरिक्ता लिएको रकर्ड भने फेला परेको छैन। पछि उनी भारत फर्किएका थिए। शैलेन्द्र मोहन सप्तरीमा बस्दासमेत उनका बुबाआमा भारतमै थिए। उनीहरू कहिलेकाहीँ मात्र नेपालमा आउने गरेका थिए र अधिकांश समय भारतमै बिताएका थिए। हाल रघुनाथ झा र उनकी श्रीमतीको मृत्यु भइसकेको छ।

शैलेन्द्र मोहनले भारतमै विवाह गरेका हुन। उनको ससुराली परिवार पनि भारतमै छन्। उनले अहिले सम्म आफ्नी श्रीमतीको नेपाली नागरिकता बनाएका छैनन्। स्रोतका अनुसार यसको पनि छुट्टै कहानी छ। आफ्ना दुई छोरी र एक छोराको भने नेपाली नागरिकता बनाइदिएका छन्।

आफ्नो नागरिकताको वैधानिकता माथि उठेका प्रश्नहरू दबाउन र सुरक्षित रहन शैलेन्द्र मोहन झा पत्रकारिता क्षेत्रमा समेत संलग्न भएका छन्। नेपाल पत्रकार महासंघको सदस्यता लिई सञ्चारमाध्यम सञ्चालन गर्दै आएका उनले आफ्नो किर्ते नागरिकता प्रकरण उठाउने पत्रकारहरूलाई ‘म पनि पत्रकार नै हो’ भन्दै धम्क्याउने गरेका छन्।

उनको किर्ते नागरिकता प्रकरणबारे स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलहरू जानकार भए पनि राजनीतिक संरक्षण, पहुँच र प्रभावका कारण अहिलेसम्म उनीमाथि कुनै अनुसन्धान अघि बढ्न सकेको छैन। नागरिकता प्रकरणमा यसअघि उजुरी परेको उनले स्वीकारेका छन्। तर, ती उजुरीको किनारा भइसकेको र नागरिकता भेरिफिकेसन समेत सम्पन्न भइसकेको दाबी उनी स्वयंले गरेका छन्।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक सीडीओ तथा सूचना अधिकारी लोकमान श्रेष्ठसँग वुझ्न खोज्दा उनले प्रयोग गर्ने कार्यालयको नम्बर ९८५२०४४१५१ नम्बरका सम्पर्क हुन सकेन। अर्का सहयायक सीडीओ तथा प्रवक्ता विश्वराज नेपालले भने आफु कार्यालय वाहिर रहेको बताउँदै तत्काल त्यस बारेमा जानकारी दिन नसक्ने बताए।

यस विषयमा अर्को श्रृंखलामा हामी जिल्ला प्रशासन कार्यालय सुनसरीको आधिकारिक धारणा र त्यहाँ उपलब्ध विवरणका विषयमा जानकारी लिने र दिने प्रयास गर्नेछौं। कार्यालयका अनुसार उनले एक पटक नागरिक्ताको प्रतिलिपिसमेत निकालिसकेकोसम्म खुलेको छ।

शैलेन्द्र मोहन झाको दबदबा तथा उनले नेपाल र नेपाली विरुद्ध गरेका गतिविधिका विषयमा विस्तृत रिपोर्ट चाँडै आउँदैछ, प्रतिक्षा गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट