उडिरहेको विमानमा सीमा नाघेपछिः बालबालिकाको अगाडि सिटमै यौन सम्पर्क गरेको आरोपमा जोडि पक्राउ

राजधानी– अमेरिकाबाट अनौठो र चकित पार्ने एउटा घटना सार्वजनिक भएको छ। न्यूयोर्कबाट फ्लोरिडा जाँदै गरेको जेटब्लू एयरलाइन्सको एक उडानमा सवार जोडीले आकाशमै सीमाहरू पार गरेपछि विमानस्थल ओर्लनासाथै हिरासतमा परेका छन्।
शनिबारको उडानमा, यात्रुको सिटमै एक पुरुष र महिला आपसमा शारीरिक सम्पर्कमा लिप्त रहेको दृश्य दुई बालबालिकाले देखेपछि, घटनाले नयाँ मोड लियो। ती बालबालिकाले देखेको जानकारी विमानका चालक दललाई दिँए — अनि त्यसपछि सुरु भयो कानुनी प्रक्रिया।
फ्लाइटको निर्धारित गन्तव्य फ्लोरिडाको सारासोटा विमानस्थलमा जहाज अवतरण हुनासाथ, प्रहरी अधिकारीहरूले ती जोडीलाई नियन्त्रणमा लिए। उनीहरू हुन—४३ वर्षीया ट्रिस्टा एल. रेली र ४२ वर्षीय क्रिस्टोफर ड्रयु अर्नोल्ड, दुबै कनेक्टिकट राज्यको ड्यानबरी सहरका बासिन्दा हुन।
प्रहरी रिपोर्ट अनुसार, सार्वजनिक स्थानमा यौन आचरण गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको हो। अझ महत्वपूर्ण कुरा, बालबालिकाको उपस्थितिमा यस्तो क्रियाकलाप हुनु आफैंमा गम्भीर कानुनी प्रश्नको विषय बनेको छ।
विमानभित्र यात्रुको गोपनीयता केही हदसम्म सुनिश्चित भए पनि, सार्वजनिक नैतिकता र अरू यात्रुको सुरक्षाको कुरा झन् गम्भीर हुन्छ। जब सारा समाजले नियमको पालना गर्छ, केही जोडी ‘प्रेम’को नाममा सबै सीमा उलंघन गर्न किन उद्यत हुन्छन?
यो घटना अमेरिकामा मात्र होइन, विश्वव्यापी हवाइ सुरक्षाका सन्दर्भमा पनि एक चसक्क लाग्ने उदाहरण बनेको छ। प्रेम स्वतन्त्र हुन सक्छ, तर त्यसका लागि स्थान, समय र सन्दर्भ पनि जिम्मेवार हुनुपर्छ।
अब कानुनले उनीहरूलाई के सजाय दिन्छ, त्यो हेर्न बाँकी छ — तर ‘आकाशे प्रेम’को यो कहानी भने अब पुलिस रिपोर्टको पाना भएर अन्त्य हुने देखिन्छ।