सप्तरीमा कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा दोषी ठहर भएका दुई फरार प्रतिवादी पक्राउ

राजविराज– सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, दोषी ठहर भई फरार रहेका उनीहरूलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ का ४३ वर्षीय मो. अख्तर (उर्फ मो. अकतर) र छिन्नमस्ता गाउँपालिका–३ का सनोज कुमार यादव छन्।

मो. अख्तरलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै अदालतले १ वर्ष कैद सजाय सुनाएको थियो। डाँका चोरीको अभियोगमा दोषी ठहरिएका सनोज यादवलाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका दुबै जनालाई सप्तरी जिल्ला अदालत, राजविराजमा पेश गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट