झापामा अत्यधिक मदिरा सेवनले दुईको ज्यान गयोः एक जना भेटिए सडक किनारमा, अर्का सुँगुरको खोरमा

दमक– झापामा अत्यधिक मदिरा सेवनका कारण दुई जनाको ज्यान गएको छ। एक जनाको शव कनकाई नगरपालिकाको सडक किनारमा भेटिएको छ भने अर्काको शव विर्तामोडस्थित सुँगुर फार्ममा फेला परेको हो।

कनकाई नगरपालिका–४ स्थित सडक छेउमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत अवस्थामा फेला परेका हुन्। शिवसताक्षी नगरपालिका–११ स्थायी घर भई कनकाई–४ मा डेरा गरी बस्दै आएका उनी रंगरोगनको ज्यालादारी काम गर्थे। स्थानीयवासीका अनुसार उनी लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति थिए।

त्यसैगरी, विर्तामोड नगरपालिका–६, शुभबिहानी टोलस्थित एक सुँगुर फार्ममा कार्यरत ६५ वर्षीय डम्बरबहादुर मगर पनि मृत अवस्थामा भेटिएका छन्। मूल घर भारतको सिक्किम भएका मगर स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा सुँगुरलाई चारो खुवाउने र खोरको हेरचाह गर्ने काम गर्थे। उनी सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरी अनुसन्धानका क्रममा दुवैले लामो समयदेखि अत्यधिक र अनियन्त्रित रुपमा मदिरा सेवन गर्दै आएको पुष्टि भएको खड्काको भनाई छ। शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट